गर्भावस्थामा योग : कसरी र किन गर्ने ?

गर्भावस्थामा योग र ध्यान अति आवश्यक छ : बेन्जु थापा

काठमाडौँ । गर्भावस्था भन्नाले महिलाको गर्भाशयमा एक वा एक भन्दा बढी सन्तान भ्रूणको रूपको रहेको अवस्थालाई जनाउँछ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । गर्भावस्थामा महिलाहरूले धेरै कष्टहरू भोग्नु परेको हुन्छ । यो अवस्थामा बच्चा र आमालाई खतरा हुन सक्ने भएकोले स्वास्थ्यमा ख्याल राख्नु आवश्यक हुन्छ । गर्भावस्थामा महिलाहरूलाई तनाव हुने गर्दछ, जसले बच्चालाई पनि असर पर्ने भएकाले आमा स्वस्थ हुनुपर्दछ । गर्भावस्थामा योग किन आवश्यक छ ? गर्भावस्थाको कुन-कुन चरणमा योग गर्न सकिन्छ ? लगायतका विषयमा मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले सावर योग एण्ड मेडिटेशन सेन्टरका योग प्रशिक्षक बेन्जु थापासँग गरेको कुराकानीको सम्पादित अंश :-

योग भनेको के हो ?
योग भनेको आज भोली धेरै मानिसहरूले गर्ने गर्दछन् । यो भनेको स्वास्थ्यको लागि धेरै राम्रो कुरा पनि हो । विशेष गरी योग भनेको ब्यालेन्स हो, जस्तै दिमाग, शरीर र श्वासप्रश्वास यो तीन ओटा कुरालाई ब्यालेन्स गर्न सक्नु नै योग हो । दिमाग ध्यानसँग सम्बन्धित छ, शरीर आसनसँग सम्बन्धित छ र प्राणायाम श्वासप्रश्वाससँग सम्बन्धित छ । यी तीन कुराहरूको अभ्यास नै योगाभ्यास हो । जसले शारीरिक र मानसिक दुवै कुरालाई स्वास्थ्य राख्दछ । अर्को अर्थमा भन्दा मन र दिमागलाई जोडन नै योग हो । हरेक उमेर समूहका मानिसले योगाभ्यास गर्न मिल्दछ । जस्तै योग गरी रहँदा हाम्रो दिमाग, शरीर र श्वासप्रश्वास यी कुराहरू सँगै भएर गरिने योग आसन हो । त्यसै गरी शरीरको अङ्गहरू हात खुट्टाहरू चलाएर गरिने आसन हो । त्यही सँगै जोडिएर हामीले श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दै आफूलाई नियाल्ने वा कुनै कुरामा विचार विमर्ष गर्नु योग भित्रको मेडिटेसन हो । श्वास लिने छोड्ने गरेर मात्र हामी कुनै आसनमा बस्छौँ भने त्यो मेडिटेसन भयो र हामीले आफ्नो हात खुट्टाहरू चलाएर गर्छौ भने त्यो योग आसन हो । ध्यान, योग गर्नु आफैलाई स्वस्थ राख्नु हो, यो कार्य नै योग हो ।

गर्भावस्थामा योग गर्न मिल्छ कि मिल्दैन ?
गर्भ अवस्थामा योग गर्न मिल्छ । सुरुमा योग अभ्यास गर्ने हुनुहुन्छ भने वा गर्भावस्थामा हुनुहुन्छ भने गर्भवती भएको १४ हप्ता पछि योग गर्न मिल्छ । तर गर्भ रहेको अवस्था थाहा भए पछि १४ हप्ता भन्दा अगाडि गर्न हुँदैन । यदि गर्भवती महिलालाई केही समस्या छ भने डाक्टरले भनेअनुसार गर्नु पर्दछ । यदि नर्मल छ भने १४ हप्ता पछाडि योग अभ्यास गर्न सकिन्छ । यदि पहिले देखिनै योग अभ्यास गर्नु हुँदैन थियो भने गर्भावस्था भएपछि मात्र योग गर्न सुरु गर्नु भएको हो भने सुरुमा श्वासप्रश्वासहरू मात्र गर्ने गरेर योग सुरु गर्नुपर्छ ।

गर्भावस्थाको कुन कुन समयमा गर्न मिल्छ ?
गर्भवती महिलाको अवस्था सबै ठिक छ भने १४ महिना पछि गर्न मिल्छ । डाक्टरको सल्लाह अनुसार स्वास्थ्य अवस्था ठिक छैन भने नगर्ने नभए दिनको एक पटक गर्न सकिन्छ । यसमा गर्न सकिने योग भनेको गर्भावस्थामा पछाडिको भाग धेरै फर्किने योग गर्न हुँदैन, १४ हप्ता भन्दा अगाडि पनि गर्न मिल्दैन र पछि १६ हप्ता पछाडि पनि गर्न मिल्दैन ।

गर्भावस्थामा किन योग गर्ने ?
यदि पहिलोपटक आमा बन्नेहरूको लागि यो सबै भन्दा महत्त्व विषय पनि हो । यो अवस्थामा हर्मोनहरुमा परिवर्तन आउँछ । योगले मानसिक र शारीरिक दुवै कुरालाई फाइदा दिएको हुन्छ । योग अभ्यास गर्दा बच्चा पाउँदा पनि धेरै सजिलो हुने गर्दछ । त्यसै गरी बच्चाको लागि र आमाको शरीरको लागि पनि यसले धेरै फाइदा गर्दछ । हर्मोन परिवर्तन हुँदा आमाहरूमा मानसिक परिवर्तन हुने, आनीबानीमा परिवर्तन आउने गर्दछ । त्यो अवस्थामा ध्यान मेडिटेसन गरियो भने भित्रदेखि नै काम, आफूले आफूलाई शान्त, परिवर्तन भएको आनीबानीलाई आफूले आफूलाई नियालेर आफूलाई समय दिन पाइन्छ यी र यस्तै कुराहरूमा धेरै परिवर्तन पाउन सकिन्छ त्यसैले मेडिटेसन गर्नु पर्दछ । योग गर्दा सुरुमा वाल सर्पोट लिएर गर्ने यदि पहिलो बच्चाको आमाहरूले पहिलो पटक योग गर्दै हुनुहुन्छ भने योग मास्टरले भने बमोजिम गर्नु पर्ने हुन्छ । उहाँले जसरी भन्नु हुन्छ, त्यसरी गर्न सकिन्छ । योग गर्नको लागि आफ्नो शरीरले योग गर्न सकिन्छ कि सकिँदैन, योग गर्नको लागि शरीर कत्तिको सहज छ त त्यो आधारमा योग गर्नु पर्दछ । अन्य अवस्थामा दिनहुँ गर्ने योगहरू तन्किने खालका गर्न हुँदैन ।

गर्भ अवस्थामा कस्ता कस्ता खालका आसनहरू गर्न सकिन्छ ?
गर्भावस्थामा गर्न सकिने आसनहरू यसप्रकारका छन् ।

उभिएर गरिने आसनहरू : वीरभद्रासन ,ताडासन
बसेर गरिने आसन : पद्मासन, बद्धकोणासन जानुशिरासन ,सुखासन, मर्जरीआसन , पुतलीआसन
सुतेर गरिने आसन : मत्स्यासन , भुजंगासन

नियमित गर्ने योग भन्दा गर्भवती हुँदा गर्ने योग फरक-फरक हुन्छ ?
नियमित गर्ने योगमा हामीले चाहे जति अप्ठेरो योग गर्न सक्छौँ तर गर्भ अवस्थामा गर्दा आमा र बच्चा दुबैलाई सुरक्षित गरेर गर्नु पर्ने हुन्छ त्यहीकारण धेरै तन्किने जस्ता आसनहरू गरिँदैन । यसमा हामीले गर्ने भनेको मेडिटेसन, बटरफ्लाईहरु जस्ता आसनहरूमा बढी फोकस दिन्छौँ । त्यसैले नियमित गर्नेहरूले भन्दा गर्भवती महिलाहरूले गर्ने योग मा सावधानी अपनाएर गर्ने भएकोले यो फरक हुन्छ ।

योग गर्दा कस्ता सावधानीहरू अपनाउनु पर्दछ ?
योग अभ्यास गर्दा कस्ता कुरा गर्ने नगर्ने कुराहरूमा गर्न नहुने योग भनेको जस्तै हाम्रो पछाडि तिर फर्कने आसनहरू नगर्ने, लाइन सुतेर, पछाडि फर्किएर गर्ने योगहरू नगर्ने । गर्ने भनेको उठेर गर्ने नर्मल आसनहरू गर्न सकिन्छ । तर सुतेर गर्ने, पछाडि फर्किएर गर्ने आसनहरू गर्न मिल्दैन । नर्मल आसनहरू गर्भपतनको समय भन्दा एक दुई अगाडि सम्म पनि गर्न सकिन्छ । तर लाइन डाउन र पछाडि फर्किएर गर्ने योग १६ हप्ता पछि गर्न मिल्दैन । फोर्स फुल्ली प्रणयहरू जस्तै धेरै फोर्स लगाएर गर्ने खालका धेरै फोर्स लगाएर गरिने खालका प्रणयहरू पनि गर्नु हुँदैन । ब्याक ब्यान्डहरू, स्ट्रोङ कुइट्सहरु, अफसाइट डाउन पुसहरू पनि गर्न मिल्दैन,र आफ्नो पेटलाई तल सुताएर गर्ने खालका योगहरू पनि गर्न हुँदैन । अप्ठेरो खालका योगहरू नगर्ने तर आनन्द आउने सजिलो योगहरू मात्र गर्ने जस्तै पुतली आसन पनि गर्न मिल्छ ।

योग सुत्केरी भए पछि पनि गर्न सकिन्छ ?
सुत्केरी भएको ६ महिना सम्म योग गर्नु हुँदैन, यदि अप्रेसन भएको खण्डमा होस् वा नर्मल बच्चा जन्माएको खण्डमा होस् ६ महिनापछि मात्र योग गर्न सकिन्छ । त्यसपछि बिस्तारै बिस्तारै अरू योगहरू गर्न सकिन्छ ।

घरमा योग कसरी गर्ने ?
पहिलेदेखि नै योग आसन गर्नु हुन्छ भने सावधानी अपनाएर १४ हप्ता पछि गर्न सकिन्छ । तर अप्ठेरो योगहरू गर्न मिल्दैन । यदि गर्भ भएपछिमात्र योग गर्न थाल्नु भएको हो भने योग मास्टरबाट नै गर्नु पर्ने हुन्छ । योग गुरुले भनेका कुराहरू मात्र गर्नु पर्दछ । धेरै शरीरलाई नतन्काउने, अप्ठेरो योगहरू नगर्ने सामान्य आसनहरू मात्र गर्नुपर्दछ ।

अन्तिममा गर्भवती महिलाहरूलाई के सल्लाह सुझाव दिन चाहनु हुन्छ ?
योग अभ्यास भनेको शारीरिक, मानसिक, कामहरू गर्न मद्दत गर्छ महिनावारीमा समस्या हुनेहरूका लागि पनि यसले सहयोग गर्छ । यसले हाम्रो आनीबानी,हामीले गर्नै कामहरू परिवर्तन ल्याउने गर्दछ । गर्भावस्था भएको समयमा शारीरिक मानसिक तनाव हुने भएकोले योग गर्नु उपयुक्त हुन्छ । डाक्टरको सल्लाह अनुसार गर्भावस्था कस्तो छ बुझेर गर्न सकिन्छ । यदि नर्मल भएको खण्डमा योग गुरु वा योग मास्टरको सहयोग लिएर सधैँ योग अभ्यास गर्नु उपयुक्त हुन्छ । ३० मिनेट योग अभ्यास र ३० मिनेट मेडिटेसन गरेर आफूलाई समय निकालेर योग, ध्यान गर्दा आमा र बच्चा दुबैलाई फाइदा हुन्छ । यो अवस्थामा सबै खालका योग अभ्यास गर्न नमिल्ने भएकाले सावधानी अपनाएर गर्न मिल्ने खालका योग अभ्यासहरू गर्न सुझाव दिन चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *