भग्नावशेषमा पुरिएको मानिस कति दिनसम्म जीवित रहन सक्छ ?

काठमाडौँ । भेनेजुएलामा गत बुधवार बिहान एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका २ ठुला शक्तिशाली भूकम्प गए, जसमा ठुलो हताहति भएको अनुमान गरिएको छ । उक्त भूकम्पमा परी हालसम्म कम्तीमा १ हजार ४५० जनाको ज्यान गएको पुष्टि भइसकेको छ । झन्डै ५० हजार जना मानिस हराइरहेका अनुमान छ ।
भूकम्पका कारण कम्तीमा २५० भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । जसमा कयौँ भवन पूर्णरुपमा ध्वस्त भएका छन् । भूकम्प गएको ३२ घण्टापछि भग्नावशेषबाट १८ दिनका नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको खबरले यतिबेला खास चर्चा पाइरहेको छ । भूकम्पका बेला अपार्टमेन्टको आठौँ तलामा रहेकी दयाना पातिनो र उनका शिशुलाई उद्धारकर्मीहरूले पूरै भत्किएको संरचनाबाट उद्धार गरेका छन् ।
पातिनोले जमिनमुनि पुरिँदा आफ्नो सानो छोरालाई छातीमा टाँसेर उद्धारकर्मी आउने प्रतीक्षामा प्रार्थना आफूले गरेको सुनाएकी छिन् । त्यसअघि भूकम्प गएको केही समयपछि एक वृद्ध व्यक्ति सकुशल उद्धार भएको विषयले पनि चर्चा पाएको थियो । यतिबेला भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि थुप्रै अन्तर्राष्ट्रिय टोलीहरू त्यहाँ पुगेका छन् । तर, अब प्रश्न यो छ कि भग्नावशेषमा फसेका मानिसहरू कति समयसम्म बाँच्न सक्छन् त ? विशेषज्ञहरूका अनुसार यो विभिन्न कुरामा निर्भर रहन्छ ।
कुनै भग्नावशेषमा फसेका मानिसहरू बाँच्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हावा, पानी र शरीरमा लागेका चोटपटकको प्रकृति हुन् । जस्तो कि व्यक्ति कुन स्थितिमा फसेको छ ? उसले हावा (अक्सिजन) र पानी पाइरहेको छ कि छैन ? मौसम अनि जलवायु कस्तो छ ? यति मात्रै होइन, त्यो व्यक्तिको शारीरिक स्थितिले पनि यसमा अहम् भूमिका निर्वाह गर्दछ । सामान्यतया अधिकांश मानिसहरूलाई २४ घण्टाभित्र उद्धार गरिन्छ । तर, केही अवस्थामा लामो समयपछि पनि भग्नावशेषबाट मानिसलाई जिउँदै निकालिएका घटनाहरू छन् ।
संयुक्त राष्ट्र संघले सामान्यतया पाँचदेखि सात दिन पछि उद्धार कार्यहरू रद्द गर्दछ । यो तब गरिन्छ, जब एक वा दुई दिनसम्म कोही जीवित व्यक्ति फेला पर्दैन । अब प्रश्न यो छ कि यस्ता के चिज छन् जसले भग्नावशेषमा फसेका मानिसलाई जीवित राख्छन् त ?
भूकम्प सुरक्षाका लागि पूर्व तयारी आवश्यक
भूकम्प सुरक्षाका लागि पूर्व तयारी सबैभन्दा आवश्यक छ । विशेषज्ञका अनुसार भूकम्प आउने र भौतिक संरचना भत्किने कुरा पहिले नै पूर्वानुमान गर्न त सकिदैन । तर यस्तो समयमा कसैको ज्यान जोगिनुमा यो कारक अहम् हुन्छ, कि उ कस्तो स्थितिमा फसेको छ ।
विशेषज्ञका अनुसार भूकम्प आउँदा यदि लुक्ने स्थान सही छानिएको छ भने भग्नावशेषको तल पनि केही सुरक्षा पाउन सकिन्छ । साथै भग्नावशेषमा श्वास लिन हावा पनि उपलब्ध हुन सक्छ । टर्कीको उद्धार संस्था एकेयूटीका संयोजक मुरात हारुन ओंगोरेनका अनुसार त्यस्तो अवस्थामा आफ्नो सुरक्षाका लागि तीन अभ्यासको आवश्यक छ, त्यो हो ड्रप, कवर अनि होल्ड ।
यसले भग्नावशेषमा फसेका व्यक्तिका लागि हावा आउने सानो सुरक्षित स्थान बनाउन सक्छ । ड्रप, कवर अनि होल्डको अर्थ हो, भूकम्प गएको थाहा पाउन साथ सबै भन्दा पहिला लुक्नका लागि घुँडा टेकेर बस्ने अनि कुनै बलियो फर्निचर वा वस्तुको तल लुक्ने । जबसम्म भूकम्पको झट्का रोकिँदैन तबसम्म त्यसलाई बलियोसँग समातेर राख्नुपर्छ । विशेषज्ञ भन्छन् विपत्ति आउनु अघि जागरूकता, शिक्षा र प्रशिक्षण जरुरी छ । तर यहाँ अक्सर हामीले यस्ता कुराहरूलाई नजरअन्दाज गर्ने गरेका छौँ ।
यी कुराहरूले तय गर्छन् कि भग्नावशेषको तल तपाईँको जीवन कति बेलासम्म सुरक्षित रहन सक्छ । विश्व स्वास्थ्य संगठनकी आपतकालिन कार्यक्रमकी अधिकारी डा. जेत्री रेग्मी पनि विपद्को समयमा आत्म सुरक्षाको लागि तयारीमा जोड दिन्छन् । उनी भन्छिन् कि बलियो टेबुल मुनि जस्ता सुरक्षित ठाउँमा लुक्नुले बाँच्ने सम्भावना बढेर जान्छ । यद्यपि, उनी प्रत्येक प्रकोप फरक हुने हुँदा कुनै कुराको पूर्ण ग्यारेन्टी भने नहुने बताउछिन् । तर, प्रारम्भिक प्रतिक्रिया स्थानीय जनताको तयारीको स्तरमा निर्भर गर्दछ ।
हावा र पानीको पहुँच मद्दतगार बन्न सक्छ
भग्नावशेषमा फसेका व्यक्तिका लागि हावा र पानी एकदमै जरुरी हुन्छ । यिनकै सहारामा त्यहाँ फसेका व्यक्ति केही समय बाँच्न सक्छन् । तर, त्यो व्यक्तिमा कति चोट लागेको छ भन्ने कुरामा बढी निर्भर हुन्छ ।
धेरै रगत बगिसकेको खण्डमा २४ घण्टा पछि बाँच्न मुस्किल हुन्छ । विशेषज्ञका अनुसार यदि व्यक्तिलाई गम्भीर चोट लागेको छैन र श्वास लिन उसले हावा पाइरहेको छ भने बाँच्ने सम्भावना बढी हुन्छ । केही अनुमानहरूले मानिस पानी बिना करिब ३ देखि ७ दिन बाँच्न सक्ने देखाएका छन् ।









