यू-१९ विश्वकप : अब उपाधि दाबेदारको प्रतीक्षा

काठमाडाैँ । भारत लगातार चौथोपटक यू-१९ विश्वकपको सेमिफाइनल प्रवेश गरेसँगै उमेर समूहको लोकप्रिय यो विश्वकपमा अन्तिम चारमा पुग्ने सबै चार टिमको टुंगो लागेको छ ।

वेस्टइन्डिजमा जारी प्रतियोगितामा यू-१९ विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हो । चौथो तथा अन्तिम क्वाटरफाइनलमा भारतले साविक विजेता बंगलादेशलाई ५ विकेटले हराएर सेमिफाइनलमा स्थान बनायो ।

सेमिफाइनलमा उपाधि दाबेदार अष्ट्रेलिया, भारत, इंग्ल्यान्ड र अफगानिस्तानले अन्तिम चारमा स्थान बनाउन सफल भए । पहिलो सेमिफाइनलमा मंगलबार इंग्ल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ । बुधबार दोस्रो सेमिफाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदा फाइनल पुग्ने दुई टिमको तय हुने छ ।

पहिलो क्वाटरफाइनलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गर्दा दोस्रो क्वाटरफाइनलमा श्रीलंकामाथि चार रनको रोमाञ्चक जित निकाल्दै अफगानिस्तानले सेमिफाइनलमा पुगेको थियो । तेस्रो क्वाटरफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई १ सय १९ रनले पराजित गर्दै अन्तिम चारमा पुग्दा अन्तिम क्वाटरफाइनलमा भारतले साबिक च्याम्पियन बंगलादेशलाई पाखा लगायो ।

भारत यू-१९ विश्वकपमा सर्वाधिक सफल टोली हो । भारतले २०००, २००८, २०१२ र २०१८ मा गरी चारपटक यू-१९ विश्वकपकाे उपाधि जितेको छ । त्यसपछि अष्ट्रेलिया १९८८, २००२ र २०१० मा यू–१९ विश्पकप च्याम्पियन बनेको थियो । पाकिस्तानले २००४ र २००६ मा लगातार यू–१९ विश्वकपकको उपाधि जितेको थियो । बंगलादेश, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्यान्डले एक एक पटक यू–१९ विश्वकपको उपाधि जितेका छन् ।

भारतको यो लगातार चौथो पटक सेमिफाइनल यात्रा हो । २०१८ मा भारत च्याम्पियन बनेयता भने उपाधि जितेको छैन् । भारत २०२० र २०१६ मा भने फाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *