कांग्रेस बैठकअघि देउवाले भेटे दाहाल र नेपाललाई

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकअघि प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको हो ।

राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराएका थिए ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन् । उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ । तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् ।

त्यस्तै, कांग्रेस केन्द्रीय समिति बैठकमा पनि राष्ट्रियसभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएकाे छ । बैठकले स्थानीय तहको निर्वाचनबारे समेत निर्णय लिने अपेक्षा गरिएकाे छ ।

याे पनि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *