कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ। पार्टीभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दबाब बढिरहेको बेला प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो ।

कोरोना संक्रमणको जोखिमका कारण उक्त बैठक भर्चुअल बस्ने भएको देउवाको सचिवालयले जनाएको छ । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएकाले भौतिक रूपमा बैठक बस्न सम्भव नभएकाले पनि भर्चुअल बैठक बस्न लागिएको हो ।

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन पछि धकेल्ने सत्ता गठबन्धनको निर्णयका कारण मिति घोषणा गर्न ढिलाइ भइरहेको अवस्थामा बैठकले निर्वाचन मितिबारे निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *