बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आज प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा सो निर्देशन दिनुभएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट र अर्थ सचिव घनश्याम उपाध्यायसहित पूर्वाधार विकास, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिवको सहभागिता थियो ।

यही साउन १ गतेदेखि नयाँ आर्थिक सुरू भएपछि बजेटको कार्यान्वयनमा अर्थ मन्त्रालयले अग्रसरता लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =