युवतीको हत्या आरोपित पुरूष २० वर्षपछि पक्राउ

इलाम । युवतीको हत्या आरोपित पुरूषलाई २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका-३ साविक पशुपतिनगर गाविस-३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए । इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भएको हो ।

घटना आफूले घटाएको आरोपितले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *