सुनको मूल्य ७ सयले घट्यो, तोलामा कति ?
२०७८ पुस २३ गते

काठमाडौ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार हुने भएको छ ।
२०७८ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








