दश लाख नेपालीलाई उद्यमी बनाउने ‘आइडिया फर वर्ल्ड’को दाबी

काठमाडौँ । गैरआवासीय नेपाली लगानीकर्ता तथा विदेशी साझेदारहरू संलग्न बहुराष्ट्रिय कम्पनी ‘आइडिया फर वर्ल्ड’ले दश वर्षभित्र दश लाख जनालाई उद्यमी बनाउने दाबी गरेको छ । हङकङमा मुख्यालय रहेको संस्थाले पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काठमाडौँको होटल याक एण्ड यतिमा कार्यक्रम गरी परियोजनाबारे जानकारी दिएको हो ।
कार्यक्रममा पूर्वराष्ट्रपति यादवले विश्वभर रहेका नेपालीको पहिचान उँचो बनाउने र व्यवसाय पनि गर्ने उद्देश्यका साथ स्थापना भएको आइडिया फर वर्ल्डको सफलताका लागि शुभकामना दिएका थिए ।
उनले भने, ‘संस्थाले बोकेको उद्देश्य पुरा हुनेमा म विश्वस्त छु । विश्व बजारमा छरिएर रहेका नेपालीहरू मात्र होइन, नेपालप्रति शुभेच्छा राख्ने सबैको पूँजी, लगानी, सीप र कार्य दक्षतालाई एकीकृत गर्ने जुन लक्ष्य तपाईँहरूले बोक्नु भएको छ । यो आफैमा एउटा महान् सोच हो ।’
तीन सय बढी गैरआवासीय नेपाली तथा उद्योगी सहभागी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेपाल अथाह सम्भावना र स्राेतको खानी भएको बताउँदै विश्व बजारमा नेपालको पहिचान अब व्यापार र लगानीका लागी उपयुक्त गन्तव्य हो भनेर पुष्टि गर्न यस्तो प्रयासले ठूलो महत्व राख्ने बताए ।
कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया फर वर्ल्डका अध्यक्ष गोकर्ण श्रेष्ठले भने, ‘आइडिया फर वर्ल्डका सयौँ परियोजनामध्ये मुख्य परियोजना आइडिया पार्किङ, आइडिया रियल स्टेट र आउँदै गरेको आइडिया बैंकलगायतका व्यवसायबाट आगामी दश वर्षभित्र १० लाख जनालाई उद्यमी बनाउने योजना छ ।’
अध्यक्ष श्रेष्ठले आइडियाले आफ्नो बहुप्रतिक्षित पार्किङ परियोजनाका लागि यूरोप, अमेरिकाका साथै एसियाका भारत, नेपाल, बंगलादेश तथा अफ्रिकाका ६०भन्दा बढी देशमा सम्बन्धन लिएको जनाए ।
दुई डलरमा घरको मालिक
कम्पनीले बुधबार नै आइडिया रियल स्टेटको पनि सुरुवात भएको घोषणा गरेको छ । कम्पनीले न्यूनतम दुई डलर लगानीमा घरको मालिक बन्न सक्ने परियोजना ल्याएको छ । उक्त योजना बेलायतबाट गत अक्टोबरमा शुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
परियोजनाअन्तर्गत प्रत्येक दिन दुई डलरको लगानीमा कम्पनीको शेयरधनी हुन सकिने र कम्पनीको प्रोपर्टीमा स्वामित्व लिन सकिने कम्पनीले जनाएको छ । परियोजनामा हालसम्म सात हजार भन्दा बढी सदस्यले शेयरधनी हुन आवेदन दिएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, ‘रियल स्टेट संसारको सबैभन्दा ठूलो व्यवसाय मध्ये एक हो । यो संसारमा ९० प्रतिशतभन्दा बढी मिलेनियर जन्माउने व्यवसाय हो । विश्वका धेरै देशको कुल ग्राहस्थ उत्पादनमा यसको योगदान निकै ठूलो छ । अहिले पनि संसारका हरेक देशमा दशौं लाख घरको आवश्यकता र माग छ । तर आपूर्ती कमजोर र न्यून छ । यसका माग सधैँ बढिरहने हुनाले यो दिगो व्यवसाय पनि हो । त्यसैले यो व्यवसायमा आइडिया ग्रुपले १० लाख नेपालीलाई उद्यमी बनाउने कामको सुरुवात गरेको छ ।’
लण्डनमा बैंक सञ्चालन हुने
आइडिया ग्रुपले आइडिया बैंक सञ्चालनका लागि लाइसेन्स प्रक्रिया पनि शुरू गरेको जनाएको छ । बेलायतमा स्थापना हुने यो बैंक यसै वर्षभित्र सञ्चालनमा ल्याउने योजना रहेको श्रेष्ठले बताए । श्रेष्ठकाअनुसार यो संस्था हाल विश्वका विभिन्न देशमा चार सयभन्दा बढी परियोजनामा संलग्न छ ।
जसमध्ये ५० वटा परियोजनालाई आफैंले नेतृत्व गरिरहेको छ । संस्थाले मूलतः अफ्रिकाको सुनखानी, यूरोपमा पार्किङ, रियल स्टेट, कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघि देखि नेपालमा समेत आइडिया फर वर्ल्डको एशोसिएटेड संस्था ‘आइडिया फर नेपाल’ लगायतको कम्पनीहरूको अगुवाइमा कृषि, घरजग्गा, पर्यटन, प्रविधि लगायतको क्षेत्रमा लगानी गरी योजना परियोजना सञ्चालन गरिरहेको छ ।
संस्थाले वर्ष देखि नेपालमा आधुनिक पार्किङ व्यवसाय शुरु गर्न लागेको छ । साथै काठमाडौँ, बुटवल, नेपालगञ्ज, पोखरालगायतको क्षेत्रमा स्मार्ट सिटी निर्माणका अवधारणासहित आवास निर्माण गर्ने परियोजनामा समेत काम गर्दै छ । त्यस्तै, चितवनको माडीमा ४० बिगाहा क्षेत्रफलमा फलफूल र माछा पालनको व्यवसाय गर्दै आएको छ ।
माडीमै स्टाण्डर्ड रिजोर्ट सञ्चालन गर्ने कामको समेत पूर्व तयारी गरिरहेको छ । काठमाडौँ टावर, मुक्तिनाथ केवलकार, सोलर फार्म लगायतका परियोजनाहरुको समेत यो संस्था साझेदारका रूपमा छ ।
कार्यक्रममा संस्थाकी निर्देशक रोजिना प्रधान राईले नेपालीलाई विश्वभर कामदारको रूपमा मात्र हेरिने वर्तमान परिस्थितिलाई उल्टाउँदै नेपालीहरू पनि ‘इन्टरप्रेनर’ हुन भन्ने स्थापित गराउन आफूहरू लागि परेको बताइन् । कम्पनीका म्यानेजिङ डाइरेक्टर हिराधन राईले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिँदै कम्पनीले ल्याएका परियोजनाहरूमा सबैबाट सहयोग पाउने अपेक्षा रहेको बताए ।
संस्थाका कानूनी सल्लाहकार हेमराज पोखरेलले संस्था पाँच वर्षदेखि कानूनी प्रावधान पूरा गरेर सञ्चालन भइरहेको जानकारी दिँदै यसका लगानीकर्ताहरुले चार्टर्ड अकान्टेन्टले कम्पनीले ल्याएको पार्किङ तथा रियल स्टेटको परियोजनाको फिजिबिलिटीका आधारमा यी परियोजनाहरू नाफामूलक र ‘ग्यारेन्टड’ छन् भनेको जानकारी दिए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आइडियासँगको सहकार्यमा विराटनगर महानगरपालिकामा आधुनिक पार्किङ सिस्टमका लागि काम शुरू भएको जानकारी दिए ।
त्यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका महासचिव तथा आगामी अधिवेशनमा उपाध्यक्षका उम्मेदवार डा. हेमराज शर्माले आइडियासँग मिलेर आफूहरूले वर्षौँदेखि सहकार्य गरिरहेको बताउँदै परियोजनामा जोडिन सबै गैरआवासीय नेपालीलाई आग्रह गरे ।
कार्यक्रममा एनआरएनको आगामी महाधिवेशनमा अध्यक्षका दाबेदारहरू एनआरएन आइसीसी उपाध्यक्ष डा. बद्री केसी, अर्का उपाध्यक्ष रविना थापा र आइसीसी सल्लाहकार कुल आचार्यलगायत विश्वका कयौँ देशका गैरआवासीय प्रतिनिधि उपस्थित थिए ।









Late Dr Harka Gurung and MP has already draft a plan four decades ago,for the better and prosperous Nepal.
1,To make Chitwan the capital city of Nepal.
And preserve , Kathmandu as an historic city.
Not like now the mushrooming big and ugly building etc in the capital and other places?
2,Open the factory in every district,so that they are employed and every distinct developed.
3, Introduce ID system to keep the record because of the open border with India.
For security and protext the “Sovereign and Sovereignty of our beautiful Himalayan Kingdom of Nepal”.
If the Nepal government have implemented the late Dr Harka Gurung plan for better and prosperous Nepal.
Nepal would not have been in this situation especially the capital, Kathmandu of Nepal.
Poor sewage system and sanitation,poor infrastructure, pollution, inadequate drinking water and over crowded city Kathmandu etc?
Therefore my advice for idea for Nepal.
Responsible authority think before you leap and carefully study the geographical structure of Nepal?
Other wise Nepal will face the same fate as the China Grandie real state going from boom to bust in the future,👍🙏🇳🇵