भृकुटीपण्डपमा पुस २३ देखि ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने

काठमाडौँ । नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२२ पुस २३ गतेदेखि काठमाडाैँमा आयोजना हुने भएकाे  छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फुट्रेक्स ट्रेड फेयर इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीको यो सातौँ संस्करण हो । राजधानीको भृकुटीमण्डपमा पौष २३ देखि २५ गतेसम्म उक्त प्रदर्शनी हुने आयोजकले जानकारी दिएकाे छन् ।

प्रदर्शनीमा विश्वका विभिन्न देशका १०० भन्दा बढी ख्याति प्राप्त ब्रान्डहरुका स्टल रहने छन् ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरू ले काठ व्यवसाय सँग सम्बन्धित उत्पादनहरू बारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि बारे जानकारी गराउन  उक्त प्रदर्शनी ६ वर्षदेखि कोसेढुङ्गा साबित हुँदै आएको छ ।

यस सातौँ नेपाल उड प्रदर्शनीमा आयोजकले संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरूमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएका छन् ।

यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने जनाएको छ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विश्वास लिएको जनाएको छ। यस प्रदर्शनीमा घर बनाउन चाहने त्यति, आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियरहरू तथा इन्टेरियर डिजाइनरको सहभागिता रहने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *