सोमबार सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आइतबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

भने तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *