पासाङ दावाले मागे माफी, गाली नगर्न गायक राजेश पायलको आग्रह

काठमाडौँ । गायक राजेश पायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको हो ।

गायक राईमाथि भएको हातपातको चौतर्फी विरोध भएको थियो । उनको फेसबुकमा राखिएको भिडिओमा आयोजकसँगै हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ । सो क्रममा शेर्पाले आफूबाट दुर्व्यवहार भएको स्विकार्दै माफी मागेका छन् । ‘मैले उहाँमाथि दुर्व्यवहार गर्न पुगेछु, त्यसले गर्दा उहाँ (राजेश पायल राई)लाई धेरै डिस्टर्व भएको महसुस गरे,’ उनले भनेका छन्, ‘म राजेश दाइँसँग माफी माग्छु । उहाँको म ठूलो प्रशंसक हुँ ।’

यो पनि : अमेरिकामा राजेशपायलमाथि स्टेजमै आक्रमण प्रयास (भिडियोसहित)

गायक राईले पनि मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताएका छन् । ‘मेरो धर्म नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियस्तर प्रतिस्पर्धा गर्न सकुन् भन्ने नै हो । म आज जहाँ छु यहाँहरूकै आर्सीवादले छु,’ उनले भने अस्तिको घटनाबारे उहाँले माफी मागिसक्नु भएको छ, मेरो शुभचिन्तक, नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु ।’

देश बाहिर रहेकाले आ-आफ्नो कर्म गर्नुपर्ने बताउँदै गायक राईले अब गली नगर्न पनि आग्रह गरेका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो,’ उनले भने, ‘उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना । अब उप्रान्त हाउलाई गाली गलोज नगर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *