अमेरिकामा राजेशपायलमाथि स्टेजमै आक्रमण प्रयास (भिडियोसहित)

अमेरिकाको न्यूयोर्कमा अंग्रेजी नयाँ बर्षको स्वागतमा आयोजना गरिएको कार्यक्रममा गीत गाउँदा गाउँदै गायक राजेश पायल राईमाथि आक्रमणको प्रयास भएको छ ।

कार्यक्रममा गीत गाइरहेका राईलाई स्टेजमै गएर एक युवकले पछाडीबाट अंगालो मारेजस्तो गरि घाँटीमा ङ्याक्ने प्रयास गरेका हुन् । लगत्तै ति युवकलाई अरु ब्यक्तिले स्टेजबाट बाहिर लगेका थिए । राईले ‘मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ ?’ बोलको गीत गाइरहेका हुन्छन् । गीत करिब आधाउधि हुँदा एक युवक स्टेजमा चढ्छन् । राजेश आफ्नै धुनमा गीत गाइरहन्छन् । ती युवकले राईको घाँटी अठ्याउँछन् ।

भिडियोमा कार्यक्रम स्थलमा उपस्थित दर्शकले पनि उनलाई गीतलाई निरन्तरता दिन अनुरोध गर्छन् । दर्शक दीर्घाबाट कसैले ‘राजेश जी, त्यो ठीस हो ठीस ।’ भनेको सुनिन्छ । राजेश केही अल्मलिन्छन र गीत गाइरहन्छन् । तर ती ब्यक्तिले घाँटीमा दह्रो गरि अठ्याएपछि उनलाई गीत गाउन असजिलो हुन्छ । लगत्तै अरु ब्यक्तिले ती युवकलाई स्टेजबाट ओरालेपछि राईले गायनलाई केही असहजताका बीच निरन्तरता दिन्छन् । ‘कसैकसैको मष्तिस्क विग्रन सक्छ’ राजेश भन्छन्–‘कसैले भाइरलका लागि यस्तो हुन्छ ।’ कसैकसैको दिमाग गीत गाउँदा गाउँदै उनले कोट फुकाल्छन् ।

राजेशले त्यो गीत गाइसकेपछी भने घटनाबारे केही बोल्छन् । उनी भन्छन् –‘म अगाडीबाट आउने ज्वालामुखि नै पनि पचाउन सक्छु । पछाडीबाट आएका अंकमालहरु पनि मीठो लाग्छ राजेश पायल राईलाई । राजेश पायल राई न कहिले भाग्न जान्दछ न त हार्न जान्दछ ।

राजेश पायल राई त्यो देशबाट आएको हो जहाँको माटो मात्र छुँदा पनि स्वर्ग पुगेको आभाष हुन्छ । त्यो हो बुद्धको देश सगरमाथाको देश । भाइरल बनाउन गरिएको होइन होला हो भने त्यो सोचेर एकदिन उहाँले नै आत्महत्या गर्नुहोला ।’ त्यसपछि कार्यक्रम निरन्तर चल्छ ।

भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *