राजनीतिक शक्तिहरूबीचको मेलमिलाप आजको आवश्यकता हाे : गगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानका पक्षधर राजनीतिक शक्तिहरूबीचको मेलमिलाप आजको आवश्यकता भएको औंल्याएका छन् । मेलमिलाप दिवसको शुभकामना व्यक्त गर्दै महामन्त्री थापाल भनेका छन्, ‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्तिहरूबीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो ।’

यसको ‘डेलीभरी’ सुदृढ कांग्रेसले मात्रै गर्न सक्ने महामन्त्री थापाको दाबी छ । ‘सुदृढ र एकताबद्ध कांग्रेसले मात्र त्यो आवश्यकताअनुरूपको जिम्मेवारी पूरा गर्न सक्दछ,’ महामन्त्री थापाले भनेका छन् । महामन्त्री थापाले भर्खरै सम्पन्न महाधिवेशनमा चित्त दुखाएका नेताहरूलाई पनि साथै लिएर कांग्रेस अगाडि बढ्नुपर्ने बताएका छन् ।

आज प्रथम जननिर्वाचित प्रधान मन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश र्फिर्कएको सम्झनामा मेलमिलाप दिवस मनाइँदैछ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *