रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा] अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । मिश्रले शुक्रबार बिहान लिङ्देनलाई भेटेका हुन् । भेटपछि आफ्नो आधिकारिक फेसबूकमार्फत मिश्रले भनेका छन्, ’आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो ।’

पछिल्लो समय मिश्रले ‘राजावादी’ को आरोप खेप्नुपरेको छ । खासगरी ‘मार्ग परिवर्तन’ को दस्ताबेज सार्वजनिक गरेयता मिश्रमाथि त्यसखाले आरोप लाग्न शुरू थालेका हुन् । आरोप खेपिरहेकै बेला मिश्रले राजतन्त्रप्रति झुकाव राख्ने दुई दल सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीलाई आफ्नो पार्टीमा समाहित गराएका छन् ।

आलाेचना तीव्र भएकै बेला मिश्रले पुन: राप्रपा अध्यक्ष लिङ्देनलाई भेटेका हुन् । भेटमा मिश्रले आफ्नाे पुस्तक ‘राजनीतिसँगै राजकाज’ लिङ्देन र भेटमा सहभागी राप्रपाका महामन्त्री धवलसमशेर राणलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *