सेताम्मे सोलुखुम्बु !

सोलुखुम्बु । उच्च हिमाली जिल्ला सोलुखुम्बु हिउँले छोपिएको छ । प्रायः बाह्रैमास हिउँ परिरहने यहाँ हिउँदे वर्षा शुरू भएसँगै हिउँ परेको हो । हिउँ परेपछि यहाँका उच्च भूमि पीके डाँडा, रत्नाङ्गे डाँडा, बेनीसँगै सदरमुकाम सल्लेरीसमेत सेताम्मे छन् ।

यस्तै यहाँबाट नियाल्न सकिने अन्नपूर्ण हिमशृङ्खलासमेत हिउँले पुरिएकाे छ । हिउँ परेपछि आन्तरिक पर्यटकहरू हिउँ खेल्न निस्किएका छन् । हिउँदे वर्षा शुरू भएसँगै सोलुखुम्बुलगायत दोलखाको कालिञ्चोक, मकवानपुरको दामन, नुवाकोटको ककनी, काठमाडाैँकाे चन्द्रगिरिलगायतका क्षेत्रसमेत हिउँपात भएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आउँदो शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली भइ हिमपात हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *