आईएसएमटी कलेजका विद्यार्थीद्वारा नयाँ वर्ष २०२२ लाई स्वागत

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा आईएसएमटी कलेजका विद्यार्थीले एक कार्यक्रमकाे कार्यक्रमको आयोजना गरेका छन् । कलेजमा बीएचएम अध्ययनरत तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीले कार्यक्रम आयोजना गरेका हुन् ।

विद्यार्थीले कोर्स अन्तर्गत नै पर्ने विषय अन्तर्गत यो कार्यक्रमको आयोजना गरेका हुन् । ‘नक नक २०२२’ नाम दिइएको कार्यक्रममा काठमाडौँबाहिर हिमाल, पहाड र तराईतिर पाइने खानाका परिकारहरू राखिएका थिए । कार्यक्रममा भिन्नभिन्न स्वादका खानासँगै खेल, गीतसंगीतकाे मनाेरञ्जन र ककटेल ड्रिङसको समेत व्यवस्था गरिएकाे थियाे ।

कार्यक्रममा सम्पूर्ण खाना र ड्रिंक्स होटेल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीले तयार गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीले सबै परिकार फरक तर उत्कृष्ट स्वादको भएको प्रतिक्रिया दिएकाे आयाेजक विद्यार्थीले बताएका छन् । कार्यक्रममा बीबीए र बीआईटीका विद्यार्थी, काठमाडौँका प्लस टु तथा ब्याचलरका विद्यार्थी, अभिभावक,  मिडिया पार्टनरलगायत करिब दुई हजार जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *