दुई ईन्जिनियरको मृत्युबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सोलुखोला दूधकोसी आयोजनाको पाइप लाइनमा पानीको प्रेसर जाँच गर्ने क्रममा विस्फोट हुँदा दुई ईन्जिनियरको मृत्यु भएकोबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

मंगलबार घटेको सो घटनाको सत्यतथ्य जाँच गर्नका लागि सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा ऊर्जा मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयले गठन गरेको समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए ।

सोलुखोला दूधकोसी आयोजनामा कार्यरत इन्जिनियर धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर-२ का २६ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *