कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ?

काठमाडाैँ । प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी बृद्धि हुँदा प्रोस्टेटको समस्या देखा पर्ने गर्दछ । यो ग्रन्थीमा समस्या हुनाले लगतै आफ्नो स्वास्थ्यमा विचार नगरे निम्न समस्या देखिन सक्छ ।

१.प्रोस्टेटमा संक्रमण
२. प्रोस्टेटको आकार बढ्नु
३. प्रोस्टेटको क्यान्सर

प्रोस्टेटमा समस्या भएपछि देखिने लक्षणहरु
१.पिसाब छिटोछिटो लाग्ने
२ पिसाब पोल्ने
३. पिसाब गर्दा धारा बिच बिचमा काटिने
४. धारा मसिनो हुने
५.वीर्य झर्दा पोल्नेजस्तो समस्या आउने
६. पिसाब रोकेर बस्न नस्कने
७. पिसाब ननिख्रने
८. पिसाब गर्न जाँदा धेरैबेरसम्म कुर्न पर्ने

माथिका मध्ये कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ, कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी समस्या त भएको छैन ? समयमै उपचार गरे सजिलै निको हुने यो रोगलाई बेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा पनि उत्तिकै छ ।

प्रोस्टेट ग्रन्थीको समस्या कसरी पत्ता लगाउने त ?
प्रोस्टेट ग्रन्थी गुद्वारको नजिक रहेको हुन्छ । जब यो ग्रन्थीका कोशिका असामान्य रुपमा बढ्छ, तब समस्या निमत्याउने गर्छ । प्रोस्टेटको समस्या भएकाहरु मध्ये धेरै जनालाई सामान्य औषधीको सेवन मात्रले पनि राम्रो गर्दछ । ४०-४५ बर्ष भन्दा माथिका उमेर बर्गलाई बढिमात्रामा प्रोस्टेटको समस्या देखिन्छ । त्यसैले यो उमेर बर्गका सबै पुरुषले चिकित्सकको सल्लाह लिन जरुरी छ ।

यो रोगको जाँच गर्ने विधीहरु
१.अल्ट्रासाउन्ड गर्ने
२.पीएसए जाँच गर्ने
३. मलद्धारबाट औला लगाएर वा छामेर पत्ता लगाउने

समस्या हुनेले डाक्टरको निगरानीमा रहने गर्नु पर्दछ । माथिको कुनै लक्षण देखा पर्ने बितिकै चिकित्सकीय परामर्श लिएर दैनिक औषधीको प्रयोग गर्ने, औषधीको दैनिक प्रयोग गर्दा पनि केही सुधार आएन भने अप्रेसन गर्ने, अप्रेसनको धेरै बिधीहरु रहेका छन् । जसमा चिरेर निकाल्ने जुुन निकै पुरानो प्रवृधी रहेको छ । दुरबिनको माध्यमबाट कहि चिरफार नगरि खुर्कन वा लेजर प्रवृधीबाट अप्रेसन गर्ने ।

यसरी गर्न सकिन्छ यसको उपचार
प्रोस्टेट ग्ल्यान्डको लक्षण देखिएमा हामी सुरुमा रगत जाँच गर्नुपर्छ । भिडियो एक्सरे गर्नु पर्दछ । यसका साथै पिसाबको फेर्दाको बेगलाई जाँच गर्ने त्यसपछि पिसाब परीक्षण र वीर्य जाँच गर्ने, रोगको किटान भएपछि हामीले उपचारको विधी रोज्ने गर्नु पर्दछ । औषधिले हुनेसम्म त्यहीबाट समाधान खोज्नु पर्छ । यसबाट नहुने अवस्थामा शल्यक्रिया पनि रोज्नु पर्ने हुनसक्छ । प्रोस्टेट क्यान्सर भएको अवस्थामा कुन अवस्थाको छ र कति मात्रामा फैलिएको छ विचार पुर्याउनुपर्छ । त्यसअनुसार नै अप्रेशन वा रेडियो/केमोथेरापी गर्ने तय हुन्छ ।

निरोगी जीवनका लागि हाम्रो सक्रियता र शारीरिक व्यायाम आवश्यक पर्छ भनेजस्तै प्रोस्टेट ग्रन्थीमा समस्या आउन नदिन नियमित शारिरीक सम्पर्क (हप्तामा ३ पटक) हुन जरुरी छ । लामो समयसम्म स्खलन भएन अथवा सञ्चय भइरह्यो भने प्रोस्टेटको समस्या हुन्छ ।

(लेखक डा. श्रेष्ठ एभरेष्ट अस्पतालका सिनीएर कन्सल्टेन्ट एण्ड युरोलोजिष्ट हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *