वसन्तमा मुस्कुराएको बाग (तस्बिरहरू)

काठमाडौँ । ऋतुहरुको राजा भनेर चिनिने वसन्त ऋतु, शिशिर र ग्रीष्म ऋतु बिचमा आउने ऋतु हो । ६ वटा ऋतुहरूमा वसन्त ऋतु सबैभन्दा मनमोहक ऋतु हो । वसन्त ऋतुलाई ऋतुहरूको यौवनावस्था पनि भनिन्छ ।

वसन्त ऋतुमा प्रकृतिमा बहार आउँछ र प्रकृतिले नौलो काँचुली बदल्छ। यस ऋतुमा जताततै हरियाली हुनुका साथै बागमा रङ्गीचङ्गी फूलहरू फुल्दछन् । पौराणिक तथा आधुनिक कविहरूले यस ऋतुमाथि सयौँ कविता तथा गीतहरू लेखेका छन् ।

हिन्दु धार्मिक ग्रन्थ गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई “म ऋतुहरूमा वसन्त ऋतु हुँ” भनेका छन् । यो ऋतुमा बहने शुद्ध र ताजा वायुले हाम्रो रक्त सञ्चारलाई सुचारु रूपमा चलाउन मद्दत गर्दछ । योग साधना र ध्यान गर्नका लागि यस ऋतुलाई सबैभन्दा उपयोगी ऋतु मानिन्छ ।  


  • तस्बिरहरू नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा खिचिएका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *