प्रथम आश्रय कपको उपाधि समर्पणलाई

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा अवस्थित आश्रय समूहले आयोजना गरेको प्रथम आश्रय कप फुटबल प्रतियोगिताको उपाधि समर्पणले जितेको छ। फागुन १९ गते सम्पन्न फाइनल खेलमा होप नेपाललाई हराउँदै समर्पणले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद पच्चिस हजार हात पारेको छ। दोस्रो भएको होप नेपालले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद पन्ध्र हजार हात पार्‍यो।

यसै गरी प्रतियोगितामा होप फाउन्डेसन तेस्रो भएको छ। तेस्रो भए सँगै फाउन्डेसनले मेडल र प्रमाणपत्र सहित नगद दस हजार हात पारेको छ। प्रतियोगिताको फेयर प्ले अवार्ड पनि पाएको फाउन्डेसनले अवार्ड सँगै दुई हजार र फुटबल पनि प्राप्त गर्यो।

लागू औषध दुर्व्यसनीको हेरचाह र उपचार गर्ने आश्रय समूहले आयोजना गरेको उक्त प्रतियोगितामा कुल १२ वटा उपचार तथा पुनर्स्थापना केन्द्रहरू सहभागी भएका थिए।

प्रतियोगिताको विजयी टिम र खेलाडीहरूलाई काठमाडौँ ३ का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे र आश्रय समूहका निर्देशक छिरिङ शेर्पाले ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए।

आश्रय समूहका निर्देशक छिरिङ शेर्पाका अनुसार लागू औषधको समस्या विकराल रूपमा बढ्दै गएको अहिलेको समयमा युवाहरूलाई “लागू औषध होइन स्वास्थ्य रोजौँ” भन्ने मूल उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *