प्रा.डा. मुकेशकुमार चालिसेकाे ‘पाका मान्छेका कुरा’काे लाेकार्पण

काठमाडाैँ । प्रा.डा. मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’काे लाेकार्पण भएकाे छ ।

ज्येष्ठ नागरिकका बारेमा लेखिएको पुस्तक बुधवार एक कार्यक्रमका बीच वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्णमुरारी गौतमलगायत दश पाका व्यक्तिले रसियन कल्चर सेन्टर काठमाडौँमा लोकार्पण गरेका हुन् ।

ज्येष्ठ नागरिक अथवा ‘खारिएका मान्छे’का विभिन्न पक्षको चित्रण गरिएको पुस्तकका बारेमा एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले ज्येष्ठ नागरिक ऐन र त्यसले संरक्षण गरेका विविध पक्षको तुलनात्मक व्याख्या गरेका थिए ।

‘पाका मान्छेका कुरा’को पुस्तकका आन्तरिक पक्षको चर्चा गर्दै फित्कौली डटकमका सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले कृतिमा ज्येष्ठ नागरिकका विभिन्न पक्षको सबल चित्रण गरिएको बताए ।

ज्येष्ठ नागरिक आान्दोलनका अगुवा सिताराम ढकालको प्रसङ्ग उद्धृत गर्दै डिआजी भीम ढकालले ज्येष्ठ नागरिकका हक र हितका कुरामा गरिएका आन्दोलनको चर्चा गरेका थिए ।

कार्यक्रममा अग्रजका बारेमा कविता वाचन गर्दै वरिष्ठ कवि रमेश खकुरेलले वृद्धावस्थाको चर्चा गरेका थिए ।

पुस्तकका लेखक प्रा.डा. मुकेशकुमार चालिसेले वृद्ध मानिसका सबै पक्षका चित्रणका साथै आनीबानी र व्यवहारका कुरालाई पुस्तकमा समेटिएको बताए ।

उनले पाका मान्छेका कुराले वृद्धवृद्धाका हकहित र नागरिक अधिकारको संरक्षणको आवाज समेत उठाएको बताए । उनले ज्येष्ठ नागरिककाे संरक्षण तथा उपचारमा अस्पताललगायतका संस्थाहरूकाे महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले वृद्धावस्थाका समस्या र परिवारले गर्ने सहयोग र माया पाउन सरल बनिदिनु पर्ने प्रसङ्गको चर्चा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *