नबिल बैंक र खल्ती डिजिटल वालेटबिच सम्झौता

काठमाडौँ । नबिल बैंक र खल्ती डिजिटल वालेटबिच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्ने पनि जनाएको छ ।

खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी जस्ता ६० हजार भन्दा बढी सेवाहरूको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =