बिहीबार सुनको मूल्य बढ्यो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधवार ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सयले बढेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 13 =