नेपाली भान्सामा ‘ई चुलो’को दुई वर्ष

काठमाडौँ। कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्रान्ड ‘ई-चुलो’ नेपाली बजारमा आएको दुई वर्ष पूरा भएको छ ।

ई चुलोको प्रयोग गरी खाना पकाउँदा  ग्याँसको तुलनामा करिब ४० प्रतिशत इन्धनको खर्च घटाउने ई-चुलोको उत्पादक दिगो विकास प्रालिका सञ्चालक धर्म केसीले बताए ।

नेपालीको कुकिङ कल्चरलाई ध्यानमा राखेर इ चुलोको डिजाइन गरेका छौँ केसीले भने, ई -चुलोमा खाना पकाउन, मकै भुट्न, दूध लगायतका तरल पदार्थ तताउन साथै हरियो मकै, गोलभेँडा तथा मासु पोल्न समेत सहज हुने उनको भनाई छ ।

टच सेन्सर कन्ट्रोल र डिजिटल डिस्प्ले रहेकोले चुलो चलाउन सहज र आकर्षक रहेको  बताएका छन् ।

ई चुलोले बजारमा पाइने इन्डक्सन चुलो भन्दा कम वाट खपत गर्ने पनि बताएका छन् । पछिल्लो समय नेपालमा लोडसेडिङ हटे सँगै विद्युतीय चुलोको लोकप्रियता बढेको अवस्थामा छिटो पाक्ने र किफायती इ चुलो बजारमा ल्याएको केसीले जानकारी दिए

स्टिल बडी भएको चुलोको एक वर्ष र ग्लास बडी भएको चुलोको २ वर्ष वारेन्टी रहेको ई-चुलोको नेपालभर बिक्री वितरणको जिम्मा लिबर्टी इन्जिनियरिङ सोलुसनले लिएको छ।

ई-चुलोको नेपालमा नवीकरणीय ऊर्जा परीक्षण केन्द्र (आर,ई,टी,एस) र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रमा परीक्षण गराइएको र यसको इनर्जी इफिसेंसी नेपालमा उपलब्ध अन्य इन्फ्रारेड विद्युतीय चुलोहरूको तुलनामा बढी भएको केसीले बताए।

हाल दुई मुखे चुलो बिक्री गरिसकिएको ई-चुलोका अन्य धेरै डिजाइनका चुलो छिट्टै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =