८ सयले घट्यो सुनको मूल्य
२०७८ पुस ६ गते

काठमाडौं । मगंलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतिलोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार हुने महासंघको भनाइ छ ।
२०७८ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








