मनकामना केबलकार चार दिन बन्द हुने

काठमाडौँ । मनकामना केबलकार आइतबारदेखि चार दिन बन्द हुने भएको छ ।

गियर बक्स र टावरको मर्मत गर्नुपर्ने अनुसार केबलकार सेवा मर्मत सम्भारको लागि पुस ४ गते आइतबारदेखि ७ गते बुधबारसम्म बन्द रहने मनकामना केबलकारले जनाएको छ ।

पुस ८ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने एक सूचनामार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *