इन्लाइटिन इन्टरनेसनल सफलताको १४ औँ वर्षमा

काठमाडौँ ।  शैक्षिक परामर्शदाता संस्था इन्लाइटिन इन्टरनेसनल एजुकेसन प्रालिले सफलतका साथ स्थापनाको १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ ।

‘हेल्पिङ रेयलाइज योर ड्रिम्स’ भन्ने मुख्य नारासहित संस्था सन् २००९ को डिसेम्बर ९ का दिन विधिवत रुपमा दर्ता गरी सञ्चालनमा आएको थियो । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने चाहने विद्यार्थीलाई बागबजारस्थिति मुख्य कार्यालयबाट उक्त संस्थाले सेवा प्रदान गर्दै आएको छ ।

इन्लाइटिन इन्टरनेसनलले युएसए, अष्ट्रेलिया, क्यानडा, यूके, न्युजिल्यान्ड, र जापानमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहजकर्ता, परामर्शदाता तथा तयारी कक्षाहरु सञ्चालन गर्न आएको छ । विश्वभर २१५ भन्दा बढी देशका कलेज-युनिभर्सिटीहरुसँग सम्बन्धन लिई नेपालमा बुटवल, चितवन, पोखरामा क्षेत्रीय कार्यालयहरु स्थापना गरी संस्थाले विद्यार्थीलाई सेवा दिँदै आएको छ ।

संस्थाले स्थापनाको १३ वर्षको अवसरमा डिसेम्बर महिनाभरीका लागि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको प्रक्रिया अघि बढाउन लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =