इण्डोनेसियाको मध्य सुलावेसीमा ६.७ म्याग्निच्युडको भूकम्प
२०८३ असार ३ गते

एजेन्सी । इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
इण्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी एजेन्सीले भूकम्पको पुष्टि गर्दै यसबारे जानकारी दिएको हो । एजेन्सीकाअनुसार स्थानीय समय अनुसार मंगलवार बिहान १०ः२७ बजे (०३ः२७ जीएमटी) उक्त भूकम्प गएको थियो ।
भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा पुगेको क्षतिको आधिकारिक विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।
२०८३ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित









