पाँच महिनामा भियतनामको चामल निर्यात आम्दानी २ अर्ब डलर नाघ्यो

एजेन्सी । सन् २०२६ को पहिलो पाँच महिनामा भियतनामले करिब ४५ लाख टन चामल निर्यात गर्दै २ अर्ब ९ करोड अमेरिकी डलर राजश्व आर्जन गरेको छ ।

स्थानीय सञ्चारमाध्यम भीएन इकोनोमीले त्यहाँको कृषि तथा वातावरण मन्त्रालयलाई उद्धृत गर्दै सोमबार सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

मन्त्रालयको प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा चामल निर्यातको परिमाण ६.६ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, निर्यातको परिमाण बढे पनि यसबाट प्राप्त हुने कुल राजश्वमा भने गत वर्षको तुलनामा ३.६ प्रतिशतले गिरावट आएको छ ।

समीक्षा अवधिमा भियतनामी चामलको सबैभन्दा ठूलो बजारका रूपमा फिलिपिन्स कायमै रहेको छ । भियतनामको कुल चामल निर्यातमा फिलिपिन्सको हिस्सा ४६.९ प्रतिशत रहेको छ । त्यसैगरी, १७.८ प्रतिशत बजार हिस्सासहित चीन भियतनामी चामल आयात गर्ने दोस्रो ठूलो मुलुक बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =