फिफा विश्वकप २०२६
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिक प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को विजयी सुरुवात गरेको छ।
अमेरिकाको कान्सास सिटीमा बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
अर्जेन्टिनाका लागि तीनै गोल मेस्सीले गरे। छैटौं विश्वकप खेलिरहेका मेस्सीले विश्वकप इतिहासमा पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन्। यो ह्याट्रिकसँगै विश्वकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड उनले बराबरी गरेका छन् ।
मेस्सीको विश्वकमपमा १६ गोल पुगेको छ। जर्मनीका मिरोस्लाभ क्लोजले पनि १६ गोल गरेका थिए । मेस्सीका अगाडि यो रेकर्ड तोड्ने अवसर छ ।
उनले १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए। यस जितसँगै अर्जेन्टिनाले तीन अंक जोड्दै समूह ‘जे’को शीर्ष स्थानमा उक्लिएको छ।
२०८३ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित









