अप्रिल–मे महिनामा भारतको निर्यातमा १४.६६ प्रतिशतको वृद्धि

एजेन्सी । भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको अप्रिल र मे महिनामा भारतको समग्र निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

वस्तु तथा सेवासहितको कुल निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६६ प्रतिशतले वृद्धि भई १६२.६९ अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको अप्रिल र मे महिनामा भारतको कुल निर्यात १४१.८९ अर्ब डलर रहेको थियो ।

मन्त्रालयकाअनुसार समीक्षा अवधिमा वस्तु निर्याततर्फ मात्र १६.०९ प्रतिशतको उच्च वृद्धि देखिएको छ । अघिल्लो वर्षको दुई महिनामा ७६.५९ अर्ब डलर रहेको वस्तु निर्यात यस वर्ष ८८.९१ अर्ब डलर पुगेको छ ।

यसैगरी, मे महिनामा मात्रै भारतको वस्तु तथा सेवासहितको कुल निर्यात ८१.९६ अर्ब डलर पुगेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा १५.८३ प्रतिशतको सकारात्मक वृद्धि हो ।

आयाततर्फको विवरण प्रश्तुत गर्दै मन्त्रालयले मे महिनामा भारतको कुल आयात ९२.४७ अर्ब डलर पुगेको जनाएको छ । यो अघिल्लो वर्षको मे महिनाको तुलनामा १९.२३ प्रतिशतको वृद्धि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =