म भीम रावललाई समर्थन गर्छु : घनश्याम

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार रहेका नेता घनश्याम भुसालले आफू भीम रावलको पक्षमा रहेको बताएका छन् ।

महाधिवेशनस्थल सौराहा भुसालले आफू भीम रावलमाथि अत्याचार भएदेखि नै रावलको पक्षमा रहेको भन्दै अहिले आफू रावलको पक्षमा रहेको बताए । आफू भीम रावललाई ‘अत्याचार’ भएदेखि नै आफू रावलको पक्षमा रहेको भन्दै आफूलाई अप्ठ्यारो परेपनि आफू रावलको पक्षमा उभिने उनले बताए ।

‘यो प्रक्रियामा त म भीम रावलको पक्षमा उहिलेदेखि उभिएको छु । जति बेलादेखि भीम रावलमाथि अत्याचार भइरहेको त्यैलेदेखि म उभिएको छु । मलाई व्यक्तिगत सम्बन्धनले फरक पर्दैन । उ क्रान्तिका पक्षमा छ भने, उ ठिक कुरामा छ भने अप्ठ्यारो अप्ठ्यारो जेहोस् मेरो कमिटमेन्ट हो म समर्थन गर्छु’ घनश्यामले भने ।

सम्बन्धित समाचार
-अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता
-घनश्याम भुसालले दिए एमाले उपाध्यक्षमा उम्मेदवारी
-‘एक व्यक्तिमा शक्ति केन्द्रित हुँदा आन्दोलन ध्वस्त हुन्छ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *