‘एक व्यक्तिमा शक्ति केन्द्रित हुँदा आन्दोलन ध्वस्त हुन्छ’

चितवन । एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीमा सबै शक्ति व्यक्ति केन्द्रित भएको बताएका छन् । चितवनको सौराहामा जारी पार्टीको १०औँ महाधिवेशनअन्तर्गत बिहान उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि भुसालले आफ्नो धारणा राखेका हुन् ।

महाधिवेशनबाट पदाधिकारीका रूपमा अघि बढ्ने नेताहरू छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएकोप्रति असन्तुष्टि जनाउँदै भुसाल भने, ‘मलाई किन नदिने ? यो त विधानमा लेखिनुपर्ने होला नि त ।’

उनले यसरी सबै शक्ति व्यक्ति केन्द्रित हुँदा आन्दोलन नै ध्वस्त हुने ठोकुवा गरे । गोन्जालोको प्रसङ्ग जोड्दै उनले भने, ‘राजनीतिक पार्टीमा एक व्यक्तिमा शक्ति केन्द्रित हुँदा त्यो पार्टीले उठाउँदै आएको आन्दोलन र सिद्धान्त नै ध्वस्त हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *