एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबार !

चितवन । एमालेको १०औँ महाधिवेशनका लागि उम्मेदवारी दर्ता भोलि मात्र हुने भएको छ । शनिबार निर्धारित समयभन्दा ५ घण्टा ढिलो गरी शुरू भएको बन्द सत्रमा उम्मेदवारी दर्ता लगायत थप कार्यक्रम शनिबार नहुने र उम्मेदवारी दर्ता आइतबार मात्र गरिने नेताहरूले बताएका छन् ।

एमालेभित्र कम्तीमा पदाधिकारीमा सर्वसम्मत गराउने प्रयास भइरहेको छ। हालसम्म अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले अध्यक्षमा दाबी गरेका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ओली समूहकै नेताहरू ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले दाबी गरेका छन् । ओलीले नेताहरुबीचमा सहमति गराउनेबारे छलफल गरिरहेका छन् ।

यसैबीच बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले चुनावको साटो सहमतिबाटै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टीभित्रको लोकतन्त्र चुनावबाट नभई एकताबाट मात्र सम्भव हुने भन्दै एकता प्रदर्शन गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष ओलीले सबैको पालो आउने भन्दै धैर्य गर्नुपर्ने भन्दै उम्मेदवारी दाबी गरिरहेका नेताहरूलाई सम्झाउने प्रयास पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *