पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता गरौँ : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा होइन सहमतिका साथ अघि बढ्नु नै आन्तरिक लोकतन्त्र भएको बताएका छन् । पार्टीको दशौँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई प्रतिस्पर्धा नभई एकताबद्ध गराएर लैजानुपर्ने र यसले पार्टीभित्र अरू पार्टीसँग लड्न बल प्राप्त हुने बताएका हुन् ।

उनले पार्टीभित्र लोकतन्त्रको मुख्य कुरा समझदारी सहमति र एकता भएको र एकताका साथ अघि बढ्नु पार्टीभित्रको मुख्य लोकतन्त्र भएको कुरालाई सबैले आत्मसाथ गर्नुपर्ने ओलीको भनाइ छ । ‘लोकतन्त्र भन्नासाथ एउटै व्यवहार हुँदैन । पार्टीहरूभित्र मित्रहरूका बिचमा आन्तरिक एकता मुख्य कुरा हो । प्रतिस्पर्धीसँग प्रतिस्पर्धा मुख्य कुरा हुने भएपनि पार्टीभित्र अगाडी बढ्दा एकता मुख्य कुरा हो, यो कुरा बुझ्न पर्छ ।’

आन्तरिक एकताले विपक्षीसँग लड्न बल प्राप्त हुने कुरालाई सबैले बुझ्नुपर्ने ओलीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *