सबैको पालो आउँछ, बढी प्रतिस्पर्धा नगरौँ : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वस्थ प्रतिस्पर्धा नगर्न आह्वान गरेका छन् । १०औँ महाधिवेशनको बन्द सत्रलाई शनिबार सम्बोधन गर्ने क्रममा ओलीले एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आह्वान गरेका हुन् ।

एकजना मात्रैको अस्वस्थ व्यवहारले सिङ्गै पार्टीको छविमा आँच आउने उनको भनाई छ । ‘कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हाल्नैपर्छ । तर, आफ्नो महत्त्वाकाङ्क्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौँ । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुर्‍याउने काम नगरौँ,’ अध्यक्ष ओलीले भने, ‘पार्टीको एकतामा प्रतिकुल असर पार्ने कामहरू नगर्दा राम्रो हुन्छ । पार्टीलाई नबिगारौँ ।’

उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै कुरा नगर्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । आफूहरूसँग सिद्धान्त भएकोले जनताले समर्थन भन्दै विश्वास घटाउने काम नगर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *