मेरो उम्मेदवारी उपाध्यक्षमा हुन्छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिबार उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत उम्मेदवारीको घोषणा गरेका छन् । ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ’ भन्दै भुसालले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *