स्वर्गीय नवीन्द्रराज पत्नी महाधिवेशन प्रतिनिधि चयन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना जोशी  काठमाडौँ क्षेत्र नम्बर ८ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

पूर्वमन्त्री नवीन्द्रराजको निधनपछि सपना राजनीतिमा सक्रिय बनेकी हुन् । सपनाले विद्यार्थीकालमा राजनीति गरेपनि लामो समय निष्क्रिय रहेकी थिइन् । पतीको निधनपश्चात् उनी राजनीतिमा होमिएकी उनले खुल्ला महिलातर्फ सर्वाधिक मत ल्याएकी छन् ।

काठमाडौँ निर्वाचन क्षेत्रमा २०६४ र २०७० मा नवीन्द्रले संविधानसभा सदस्यको चुनाव जितेका थिए । यस्तै नवीन्द्रका दाइ राजुराज जोशी पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *