सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका ५ मर्चवारीमा रहेको मर्चवारी माई मन्दिरमा पूजाआजा पछि नेपाली कांग्रेसका नेता कार्यकर्तासँगको भेटमा उनले नेपालको राष्ट्रियता, शान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको बताए ।

सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको गृहमन्त्री खाणको भनाइ छ । उनले सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैँचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकाले आज पूरा देश जेगिन पुगेको बताए ।

हिउँदे बाली लगाउने बेलामा देखिएको रसायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताएको छ । रुपन्देहीको मर्चवारमा भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाणले रासायनिक मल छिटोभन्दा छिटो उपलब्ध गराउने पनि बताए ।

गृहमन्त्री खाणले सरकारले कृषि र शिक्षालाई बढावा दिनेगरी काम गरिरहेको बताए ।

रुपन्देही क्षेत्र नं ४ मा हिजो मुकेश यादवको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए । गृहमन्त्री खाण, प्रदेशमन्त्री खाँ र संघीय र प्रदेश सांसदले मन्दिरमा पूजाआजा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *