सरकारले छानबिन थालेपछि पतञ्जलीले भन्यो- टीभीको होइन‚ भवनको मात्र उद्घाटन गरिएको हो

काठमाडौँ । पतञ्जली योगपीठ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि टेलिभिजन च्यानलको नभई भवनको उद्घाटन गरेको दाबी गरेको छ ।

प्रसारण अनुमति नै नलिएका दुई टेलिभिजन च्यानलको उद्घाटन गरिएकोबारे सूचना तथा प्रसारण विभागले छानबिन थालेपछि विज्ञप्ति निकाल्दै पीठको नेपाल कार्यालयले यसअघि टेलिभिजनको उद्घाटन गरिएको नभई भवनको मात्र उद्घाटन गरेको जिकीर गरेको हो ।

योगपीठ नेपालका आईटी ईन्चार्ज सन्दीप वाल्मीकिले निकालेको विज्ञप्तिमा नेपालमा योगलगायतको प्रर्द्धन गर्न टीभी च्यानल चलाउने निर्णय भए पनि अनुमति लिइनसककिएको र त्यो प्रकृयामै रहेको भन्दै सरकारी नियमानुसार अनुमति पाएर मात्र च्यानल सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

विभागले आइतबार यसबारेमा छानबिन गर्न निर्देशकको नेतृत्वमा ४ सदस्यीय समिति बनाई स्थलगत अनुगमन थालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *