पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन : महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले नेपालमा पतञ्जली योगपीठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन भएको बताएको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नेपालको प्रचलित कानुनले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा योगपीठले टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन भएको बताएको हो ।

‘नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन हो‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रबन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएको भन्दै महासंघले सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *