कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडाैँ । प्रस्तावित राजदूतहरूकाे सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । १५ सदस्यीय समितिमा सभापतिसहित ५ जनामात्र सांसद उपस्थित भएपछि बैठक स्थगित भएको हो ।

बैठकका लागि समिति सभापति लक्ष्मणलाल कर्णसहित सांसदहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, अमृता थापा र निरुदेवी पाल मात्रै उपस्थित  थिए । यही समितिमा रहेका ४ जना सांसद मन्त्री भएपछि उनीहरूकाे ठाउँ खाली भएकाले  कोरम पुग्न कम्तिमा ६ जना सांसद उपस्थित हुनुपर्ने थियो ।

सुनुवाइका लागि प्रस्तावित राजदूतहरू डा. शंकर शर्मा, ज्ञानचन्द्र  आचार्य पुगिसकेका थिए भने अन्य बाटैमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *