मंसिर ५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. मंसिर ०५, २०७८ । ई.सं. २१ नाेभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस, दक्षिणायन हेमन्त । आइतबार मार्ग कृष्णपक्ष । तिथि- द्वितीया, १७:३८ बजे उप्रान्त तृतीया । नक्षत्र- रोहिणी, ६:४८ बजे उप्रान्त मृगशिरा । योग- सिद्ध, २९:३४ बजे उप्रान्त साध्य । करण- वव ६:४२ बजेदेखि गर, १७:३८ बजे उप्रान्त वव । चन्द्रराशि वृष । आनन्दादि योग धाता । दिनमान २६।३३ । सूर्योदय ६:३० । सूर्यास्त १७:०८ । द्विपुष्कर ६:४८ उ. १७:३८ प. ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो वाक्चातुर्यले काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज घर व्यवहारमा झमेला आउनसक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । व्यापार व्यवसायमा प्रगति होला । नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ, तर घरायसी व्यवहारबाट टाढै बस्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्ग बाट विशेष सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *