कला, संस्कृति तथा संगीत क्षेत्रलाई बजेट विनियोजन गर्छु : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गीत संगीतबिना मान्छेको जीवन अधुरो हुने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले गीतसंगीत बिना मान्छेको जीवन अधुरो हुने बताएका हुन् ।

उनले कला, संस्कृति तथा संगीत क्षेत्रको विकासका लागि आवश्यक पर्ने सहयोगका लागि आफू तयार रहेकोसमेत बताएका छन् । मन्त्री आलेले संगीत क्षेत्रको विकासका लागि आफूले सक्दो बजेटसमेत विनियोजन गराउने आश्वासनसमेत दिए । उनले भने, ‘कला, संस्कृति र गीतसंगीत भनेका हाम्रा गहना हुन्, यसको संरक्षण र विकास गर्नु हाम्रो प्रमुख दायित्व हो । कला, संस्कृति र गीतसंगीतको विकासका लागि मैले बजेट विनियोजन गराउँछु ।’

संगीतबिना अधिकांश काम तथा कलाहरू अधुरा हुने भएकाले संगीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गरे । ‘संगीत बिना अधिकांश काम तथा कलाहरू अधुरा हुने भएकाले संगीतको विकास गर्नु प्रमुख आवश्यकता भएको हो,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *