प्रचण्डले आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने, दिइयो सार्वजनिक बिदा

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतमा एक नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्डको स्वागतमा बुधबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अध्यक्ष प्रचण्ड नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि बुधबार महोत्तरी जाँदैछन् । नगरपालिकाले सार्वजनिक बिदा दिँदै उद्घाटन समारोहमा सहभागी भएर शोभा बढाइदिन पनि अनुरोध गरेको छ ।

कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको नगरप्रमुख अशोक कुमार मण्डल र प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको सूचनामा उल्लेख छ । सूचनाअनुसार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *