प्रदेश महाधिवेशनमा कांग्रेसले तोक्यो संयोजक

काठमाडौँ । सातै प्रदेशमा महाधिवेशन गराउन नेपाली कांग्रेसले प्रदेश महाधिवेशन संयोजकको जिम्मेवारी तोकेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आइतबार प्रदेश महाधिवेशनका लागि नेताहरूलाई जिम्मा दिएको हो ।

बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश महाधिवेशन संयोजकको जिम्मा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *