विप्लव समूहले भन्योः

‘सरकारको जनविरोधी हर्कत मान्दैनौँ’

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारको जनविरोधी कामको डटेर विरोध गर्ने बताएको छ । ३० गतेसम्म शृङ्खलाबद्ध रूपमा विरोध कार्यक्रम गरेर नेपाल बन्द गर्ने घोषणा गरेको विप्लप समूहले यस्तो बताएको हो ।

नेता माइला लामाले काठमाडौँमा आयोजित ‘आकासिँदो महँगी र पेट्रोलियम पदार्थको चर्को मूल्यबृद्धि’ नाम दिइएको विरोध सभालाई बिहीबार सम्बोधन गर्दै भने, ‘सरकारको यो जनतामारा र जनविरोधी हर्कतको हामी विरोध गर्छौँ । सरकारको यस्तो हर्कतको सहमतिमा हामी मुन्टो हल्लाउन सक्दैनौँ ।’

आफ्नो पार्टी सधैँ जनताको पक्षमा रहेको नेता लामाको भनाइ थियो । ‘हामीले सरकारसँग कुनै किसिमको मुडभेद मोल्न खोजका होइनौँ,’ नेता लामाले भने, ‘सडकमा टायर बाल्न खोजेका पनि होइनौँ । जनताको जीवनलाई अस्तव्यस्त बनाउन खोजेका पनि होइनौँ । तर, हामी यसकारको यस्तो हर्कतको भने डटेर सामना गर्छौँ, विरोध गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =