पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले बिहीबार विज्ञप्तिमार्फत आन्दोलन घोषणा भएको जनाएका छन् ।

विप्लवले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जनस्तरमा पेट्रोलियम भइरहेको विरोध भइरहेका बेला नेकपाले पनि आन्दोलनको घोषणा गरेको हो । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ ।’

कात्तिक २५ गतेदेखि शुरू हुने आन्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =