‘नेपाल बार एशाेसिएशनमा ताला लगाउन खोज्ने’ तीन जना पक्राउ
२०७८ कार्तिक २३ गते

काठमाडौँ । जनता स्वतन्त्र आयोगकी तारा बराललगायतलाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले बरालसहित मेनुका दंगाल र उषा किरातलाई पक्राउ गरेको हो ।
बरालको समूह आज नेपाल बारमा ताला लगाउने भन्दै त्यसतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनीहरूले न्याय प्रणाली जोगाउनुपर्ने र लामो समयदेखि अदालतको गतिरोध हट्नुपर्ने माग गर्दै सर्वोच्च अदालत परिसर र माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका थिए । उनीहरूले आफूहरू सामाजिक अभियन्ता भएको बताएका छन् ।


२०७८ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








